माघ १ मा ‘पार्वती’

फिल्म । जनै पुर्णिमा र रक्षा बन्धनको अवसरमा निता फिल्म्सको प्रस्तुति नेपाली फिल्म ‘पार्वती’ बन्ने घोषणा गरिएको छ । नायिका निता ढुंगाना अधिकारीको निर्देशनमा बनेको यो फिल्म आगामी माघ १ मा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । सार्वजनिक पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिन्छिन्, जसले उनको जीवनका चुनौती र संवेदनशीलताको संकेत गर्छ । अभिनेत्री ढुंगाना गाउँले पोशाकमा हल्का मुस्कान र लजालु भावमा प्रस्तुत छिन्, जसले निराशता, बालसुलभ रमाइलो र जीवनप्रतिको सहज दृष्टिकोण झल्काउँछ ।

फिल्मको कथा निता ढुंगानाले लेखेकी हुन् भने पटकथा र संवाद शिवम् अधिकारीको हो । छायांकन कविर लाल र शाहिद लालले गर्नेछन् । सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना निर्माण टिममा छन् ।

निर्माण पक्षका अनुसार, ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देशले भरिएको कथा हो, जसले एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धको मिठास र संघर्षलाई चित्रण गर्छ । आगामी असोजबाट छायांकन सुरु हुने यो फिल्मका कलाकार र थप प्राविधिक टिमको जानकारी चाँडै सार्वजनिक गरिने निर्देशक अधिकारीले बताएकी छन् ।

कमेन्ट गर्नुहोस्