प्रभास बने ‘राजा साब’

फिल्म । प्रभास अभिनित फिल्म ‘द राजा साब’ को टिजर सार्वजनिक गरिएको छ । यो रोमान्टिक-हरर ड्रामालाई निर्देशक मारुती दासरीले निर्देशन गरेका छन् । फिल्ममा प्रभासलाई सानदार लुक्समा प्रस्तुत गरिएको छ । रोमान्टिक-हरर जनरामा फिल्म बन्न लागेको हो जसमा दर्शकले भरपुर मनोरञ्जन पाउने जनाइएको छ । फिल्म पाँच भाषामा रिलिज हुनेछ ।

फिल्मका निर्देशक मारुतीले भने, ‘द राजा साब’ मेरो अहिलेसम्मको सबैभन्दा महत्वाकांक्षी प्रोजेक्ट हो । प्रभास र पिपल मिडियासँगको सहकार्य निकै रोमाञ्चक छ । फिल्ममा प्रभासको उपस्थिति धेरै विशेष छ किनकि हाम्रो डरलाग्दो कथाको साथ पर्दामा उनको शक्तिशाली उपस्थितिले दर्शकलाई निश्चित रूपमा चकित पार्नेछ ।’

यो फिल्मको संगीत थमन एसले दिएका छन् । फिल्मका निर्माता टीजी विश्व प्रसाद हुन् । फिल्ममा प्रभाससँगै मालविका मोहनन, निधि अग्रवाल, रिद्धि कुमार लगायतका कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्