यशराजको फिल्ममा सलमान , अजय , अक्षयसंग रणवीर पनि

32 Shares

फिल्म । यो वर्ष सन् २०२० लाई बलिउडको ठुलो प्रोडक्सन हाउस यशराज फिल्म्सले ‘गोल्डेन इयर’ को रुपमा सेलिब्रेट गर्दैछ । यश चोपडाले सन् १९७० मा यसको स्थापना गरेका थिए जसको बागडोर पछिल्लो समय उनका छोरा आदित्य चोपडाले सम्हाली रहेका छन् । यसैक्रममा स्थापनाको ५० औ वर्षमा यशराज व्यानरबाट ठुला फिल्म आउने अनुमान यतिबेला बलिउडमा गरिएको छ । त्यसो त व्यानारले केहि रेगुलर फिल्म पनि लिएर आउदैछ । त्यस बाहेक केहि ठुलो घोषणा हुनेछ , जसको तयारीमा यतिबेला टिम लागिरहेको छ । केहि फिल्म रिलिज हुदैछन् भने केहि घोषणा भईसकेका छन् ।

आदित्यले यशराज फिल्म्सको स्थापनालाई भव्यरुपमा सेलिब्रेट गर्ने सोच बनाएका थिए । तर , कोरोना भाइरसले निम्त्यको अवस्थाले गर्दा उनले कार्यक्रम गर्न सकेका छैनन् । यद्दपी उनले फिल्म निर्माणको तय भने गरिरहेका छन् । उनले आफ्नो नातेदार समेत पर्ने अभिनेता अजय देवगनसंग फिल्म निर्माण गर्दैछन् । शिव रवैको निर्देशनमा बन्ने एक्सन फिल्ममा अजय लिड रोलमा रहनेछन् । आपसी विवादका कारण अजयले अझैसम्म पनि आदित्यसंग सहकार्य गरेका छैनन् । तर , यशराज फिल्म्स स्थापनाको ५० औँ वर्ष पार गरेको उपलक्ष्यमा आदित्यले अजयसंग टिमअप गर्न सफल भएका छन् ।

यसैगरी यशराज फिल्म्सकै व्यानरमा निर्माण भएको सलमान खान अभिनित फिल्म ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ पछि यसको सिरिजले निरन्तरता पाउने भएको छ । फिल्ममा सलमान र कट्रिना कैफको जोडी रुचाइयो । यसैले गर्दा पनि आदित्य चोपडाले यसको सिरिजलाई अगाडी बढाउने निर्णय गरेका छन् । सलमानले पनि लकडाउनको समयमा आफ्नो फिटनेसलाई निकै ध्यान दिईरहेका छन् । अवस्था विस्तारै सामान्य भए टाइगरको तेस्रो सिरिजको छायांकन आउँदो वर्ष सन् २०२१ को फेब्रुअरीबाट गरिनेछ । यसको छायांकन अवधि ८ महिनाको राखेको छ ।

धेरै देशमा सलमानको बदलिदो लुक्स अनुसार फिल्मको छायांकन गर्नु पर्ने भएकाले ८ महिनाको समय लाग्ने बताएको छ । यसैगरी यशराज फिल्म्स मार्फत पछिल्लो समय बलिउडमा एक्ट्रेसको रुपमा निकै प्रतिक्षा गरिएको सन् २०१७ कि मिस वर्ल्ड २०१७ मानुषी छिल्लर डेब्यु हुदैछिन् । अक्षय कुमार शिर्ष भूमिका रहेको ‘पृथ्वीराज’ निर्माणको तयारीमा छ । फिल्म पृथ्वीराज चौहानको भूमिकामा अक्षय देखिनेछन् । फिल्मलाई चन्द्रप्रकास द्विवेदीले निर्देशन गर्ने भएका छन् भने यो बायोपिक फिल्म हो ।

यसैगरी पछिल्लो समय सफलताको सिढी चढिरहेका अभिनेता रणवीर सिंहलाई लिएर यशराज फिल्म्सले ‘जयेशभाई जोरदार’ निर्माण गर्दैछन् । रम-कम जनरको फिल्मलाई दिव्यांग ठक्करले निर्देशन गरिरहेका छन् भने यसमा रणवीरको को-स्टार शालिनी पाण्डे छिन् । रणवीर सिंहसंगै रनबीर कपूरलाई लिएर पनि यशराज फिल्म्सले शमशेरा निर्माण गर्दैछ । फिल्ममा रनबीर डाकुको सरदारको भूमिकामा देखिने छन् । फिल्ममा संजय दत्त पनि छन् ।

आफ्नो व्यानरको हिट फिल्म ‘धुम’ को नयाँ सिरिजलाई पनि दर्शक समक्ष ल्याउने तयारीमा आदित्य जुटेका छन् । फिल्ममा को भिलेनको रुपमा देखिने हुन् ? भन्ने जिज्ञाषा र गसिप उत्तिकै हुन्छ , बि-टाउनमा पनि । यसको पहिलो भागमा जोन अब्राहम , दोस्रोमा ऋतिक रोशन र तेस्रोमा आमिर खान देखिएका छन् , यसैले गर्दा पनि यसको चर्चा र चासो बढ्दो छ ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘वार’ पनि सफल रह्यो । बलिउडका दुइ स्टार ऋतिक रोशन र टाइगर श्राफ एकसाथ देखिएकै कारण चर्चामा रहेको फिल्मले दर्शकको साथ् उत्तिकै पाएको हो । फिल्ममा ऋतिकलाइ लिएर अगाडी बढाउने सम्भावना प्रसस्त भएकोले यशराज फिल्म्स टिमले यतिबेला होमवर्क समेत गरिरहेको छ । ‘वार’ सिरिजको घोषणा गर्ने तयारीमा समेत आदित्य रहेका छन् ।

साथै , आदित्यले रनबीर कपूर र टाइगर श्राफलाई लिएर फिल्म निर्माण गर्ने तयारी पनि गरिरहेका छन् । यशराज फिल्मले ऋतिक रोशन र टाइगर श्राफको जोडीलाई पहिलो पटक पर्दामा ल्याएसंगै गोल्डेन इयरमा टाइगर र रनबीरको जोडीलाई लिएर फिल्म बनाउने तयारी थालेको हो । एक्सन , थ्रिलर फिल्ममा यी दुइसंगै चर्चामा रहेकी एक्ट्रेसले स्क्रिन शेयर गर्नेछिन् । टाइगरको काम देखि इम्प्रेस भएका आदित्यले रनबीरसंग यसबारे कुरा अगाडी बढाएका छन् । (एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्