‘जनै हराएको बाहुन’बाट सुशांक

फिल्म । निर्माणाधीन फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेता सुशांक मैनाली अनुबन्धित भएका छन् । गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा बुनिएको फिल्ममा अभिनेताको रुपमा मैनालीलाई हिमाल न्यौपानेले अनुबन्धित गरेका हुन् ।

अभिनेता विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रेअर राई लगायतका कलाकार फिल्ममा यस अगाडि नै अनुबन्धित भइसकेका छन् । आमा र छोराबीचको इमोस्नल कथा प्रस्तुत गरिने फिल्म चैतको अन्त्यबाट ४० दिनको सेड्युलसहित छायांकनमा जादैछ ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । यसमा थानेश्वर गौतमको संगीत रहने छ ।

कमेन्ट गर्नुहोस्