फिल्म । अभिनेता धिरज मगरका लागि यो वर्ष व्यस्तताको वर्ष बन्ने भएको छ । यस वर्षको सुरुआतमा नै उनले ‘माइतीघर’ फिल्मको छायांकन थाल्दैछन् । उनले हालै ‘जलाकी’ मा पनि अभिनय गर्ने सम्झौता गरेका छन् । यसका साथै उनले ‘बिग बोस १८’मा सहभागी भएपछि चर्चामा आएकी भारतीय अभिनेत्री चुम दराङले अब नेपाली फिल्ममा डेब्यु गर्ने भनिएको फिल्म ‘ऐरी’मा काम गर्ने भएका छन् ।
नेपाली र हिन्दी भाषामा तयार हुन लागेको फिल्मको ३ महिना छायांकन र भिएफएक्समा ७/८ महिना समय लाग्ने जनाइएको छ । भिएफएक्समा मात्र ६ करोड बढी खर्च हुने अनुमान छ ।
‘प्रेमगीत ३’को हिन्दी डबलाई भारतमा वितरण गरेको कम्पनीसँगको सहकार्यमा निर्देशक थापाको कम्पनी मल्टिमेटले फिल्मको निर्माण गर्नेछ । नेपाल र भारतमा छायांकन फिल्मको छायांकन गर्ने निर्माण पक्षले जनाएको छ ।
कमेन्ट गर्नुहोस्