नयाँ वर्षमा ‘नरसिंहाः अवतार’ रिलिज पक्का

फिल्म । राजेश हमालको कमब्याक भनिएको फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय गरिएको छ । फिल्मको वितरण कम्पनी र निर्माताविच सल्लाहा गरेर आउँदो नया वर्ष विसं २०८२ लाई लक्षित गर्दै चैत २९ मा प्रदर्शन हुने वितरक करण श्रेष्ठले जानकारी दिए ।

‘हामीले आपसी सल्लाह अनुसार नयाँ वर्ष रिलिज तय गरेका हौँ । हामी यसको तयारीमा लागिसकेका छौँ’, वितरक श्रेष्ठले भने । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म ‘नरसिंहाः अवतार’मा राजेश हमालको साथमा राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, धु्रव न्यौपाने र नरेन्द्र महर्जनको लगानी छ ।

फिल्ममा नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ ।

८ बर्षपछि फिल्म क्षेत्रमा फर्किन लागेका नायक राजेश हमालको भूमिकाले दर्शकलाई उत्साहित बनाएको छ । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभरका हलमा वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्