फिल्म । अभिनेता दयाहाङ राईको प्रदर्शनमा आउने नयाँ फिल्म हो, ‘कार्साङ’ । आउँदो माघेसंक्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आउने फिल्ममा दयासँगै सिर्जना निङलेखु, जीतु नेपाल, दीया मास्केलगायतले अभिनय गरेका छन् ।
निर्माण टिमले दयासँगै सिर्जना र जीतुको लुक्सलाई सार्वजनिक गरिसकेको छ । फिल्मको शिर्ष भूमिकाको विषयमा नखुलाएता पनि यो ग्रामिण परिवेशको सामाजिक कथा रहेको निर्माण पक्षले बताउदै आइरहेको छ ।
यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको ‘कार्साङ’ मा शेर्पा समुदायको संस्कृतिमा समेटिएको बताईएको छ । फिल्ममा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको पनि अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्मका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् ।
कमेन्ट गर्नुहोस्










