पूजनले ल्याइन तीज गीत ‘हे आमा भन्न मिलेन’

सङ्गीत । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायिका पूजन काफ्लेले नयाँ गीत सार्वजनिक गरेकी छिन् । अघिल्ला वर्ष झैँ उनले तीजलाई लक्षित गर्दै चेलीको बेदना र हर्ष मिश्रित गीतलाई बजारमा ल्याएकी हुन् । इन्टरनेट रिलिज गरिएको गीतमा पूजन स्वयम् फिचर्ड छिन् । गीतमा शब्द, सङ्गीत र स्वर उनकै रहेको छ ।

तीजका गीतहरूमा जुनसुकै समुदायका नारीहरू नाचगान गरिरहेका, रमाइरहेका देखिन्छन् । यसै सन्दर्भलाई समेटेर गायिका काफ्लेले तीज गीत तयार गरेकी हुन् । गीतमार्फत तीजलाई हर्षोल्लासका साथ् मनाउनु पर्छ भन्ने भाव व्यक्त गरिएको छ । उनले भनिन,’गीतको शब्दमा तीजमा चेलीले महसुश गर्ने भावलाई समेटेकी छु । गीतमार्फत स-परिवार र उनीहरूको पर्वमा महत्वलाई दर्शाईएको छ ।’

पूजन काफ्ले अडियो भिडियोमार्फत सार्वजनिक गरिएको गीतलाई प्रविन थापाले तयार गरेका हुन् । गीतमा पूजनसँगै स्मारिका ढकाल, संस्कृति भुजेल, एलिजा काफ्ले, मैया काफ्ले, चिना मोक्तान, काजी कोइराला, सरिता उप्रेती, सुनिता उप्रेती लगायतका कलाकारको अभिनय रहेको छ । गीतमा प्रविनकै निर्देशन र कोरियोग्राफी रहेको छ भने यसमा सरोज शाही एण्ड टिमको सिनेम्याटोग्राफी, निराजन केसीको सम्पादन र रङ्ग संयोजन, रोजिना श्रेष्ठको मेकअप रहेको छ । गीतलाई यज्ञबहादुर काफ्ले र मैया काफ्लेले निर्माण गरेका हुन् । सार्वजनिक गरिएको गीत आउँदो तीजमा दर्शक तथा स्रोताको रोजाईमा पर्ने विश्वास व्यक्त गरिएको छ ।

कमेन्ट गर्नुहोस्