‘स्पिरिट’ मा प्रभासको भिलेन को ?

फिल्म । भारतीय अभिनेता प्रभासलाई विश्वभर परिचित गराउने फिल्म बन्यो,‘बाहुबली’ । यसको दुई सिरिजमार्फत उनी लोकप्रिय भए । विश्वभर उनको फ्यानले उनलाई पर्दामा प्रतीक्षा गरिरहेका हुन्छन् । तर, प्रभासले ती फ्यानलाई खुसी बनाउन सकेका छैनन् । त्यसयता उनका फिल्महरू असफल भएका छन् । उनकै फ्यानले पनि खुलेर फिल्मको प्रसंशा गर्न सकेका छैनन् । केही फिल्मको बजेट अत्यधिक भएकै कारण राम्रो कमाई गरेता पनि ‘फ्लप’ भईरहेको छ ।

‘कल्की २८९८ एडी’ ले उनलाई केही राहत दिएको छ । उनको फ्यानले प्रतीक्षा गरिरहेको फिल्म हो,‘स्पिरिट’। ‘अर्जुन रेड्डी’,‘कबिर सिंह’ र ‘एनिमल’ जस्ता फिल्म निर्देशन गरेर आफ्नो म्याडनेस प्रमाणित गर्नुका साथै छुटै दर्शक कमाएका निर्देशक सन्दीप वाङ्गा रेड्डीले फिल्मलाई निर्देशन गर्ने भएका कारण यो चर्चामा छ । सन्दीप र प्रभासले कस्तो फिल्म बनाउछन् भन्ने चर्चा बि-टाउनमा छ ।

फिल्ममा प्रभास फिल्ममा प्रहरी अधिकारीको भूमिकामा देखिँदैछन् । फिल्ममा उनी दोहोरो भूमिकामा देखिने चर्चा भारतीय सञ्चारमाध्यमले गरेका छन् । उनी नै रक्षक र उनी नै भक्षकको रुपमा प्रतुस्त हुनसक्ने अनुमान गरिएको छ । अर्थात् फिल्ममा नायक र खलनायकको दुवै चरित्रमा प्रभास नै हुनेछन् । यो उनका फ्यानहरूका लागि निकै रोमाञ्चक र अनौठो अनुभव हुनेछ ।

प्रभासले यसलाई आफ्नो करिअरको फरक फिल्मको रुपमा चित्रण गरेका छन् । यी जानकारीले दर्शकमा फिल्मबारे थप कौतुहलता पैदा गरेता पनि निर्माण पक्षले यसलाई आधिकारिकता दिएको छैन ।

कमेन्ट गर्नुहोस्