प्रमिलाले सुरू गरिन् ‘कफी मिठो कि गफ’

टिभी । टेलिभिजन प्रस्तोतासँगै अभिनेत्रीसमेत रहेकी प्रमिला कार्कीले नयाँ शो सुरू गरेकी छिन् । पछिल्लो समय संयुक्तराज अमेरिकामा बसोबास गरिरहेकी अभिनेत्री कार्कीले त्यहिँबाट ‘कफी मिठो कि गफ’ नामक शो सुरू गरेकी हुन् । गत वर्ष प्रदर्शन भएको फिल्म ‘बगान’ मार्फत अभिनयमा उदाएकी कार्कीले पहिलो अतिथिकै रुपमा पत्रकार नारायण श्रेष्ठलाई ल्याएकी छिन् । बीबीसीमार्फत उत्पादन हुने ‘साँझा सवाल’ संचालन गरेर चर्चामा रहेका पत्रकार श्रेष्ठ धेरैसमयपछि अन्तर्वार्तामा प्रस्तुत भएका हुन् ।

अभिनेत्री कार्कीले विभिन्न क्षेत्रमा योगदान दिएका भिन्न भिन्न व्यक्तिसँगको कुराकानी प्रस्तुत गर्ने शोका कार्यकारी निर्माता तथा निर्देशक सुरेश वाग्लले जानकारी दिए । शोमा राजेश शाह सम्पादक, जोयोश गुरुङ सङ्गीतकार, ममता आले प्रोडक्सन डिजाइनर, मिलन थापा शो निर्देशक रहेका छन् ।

कमेन्ट गर्नुहोस्