‘खुल्ला आकाश’ मा साम्राज्ञीसँग निश्चल

फिल्म । नेपाली फिल्म ‘लन्डन टु पेरिस’ को पहिलो गीत ‘खुल्ला आकाश’ सार्वजनिक गरिएको छ । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै हर्कुलश बस्नेतको शब्द, संगीत र स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो । गीतमा बेलायतको रमणीय दृश्यलाई देखाईएको छ । गीतमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग रोमान्स गरेकी छिन् ।

निश्चलको प्रेमभावलाई व्यक्त गरिएको गीतलाई भारतीय कोरियोग्राफर लंगनेश फर्नान्डेजले कोरियोग्राफ गरेका हुन् । नव अभिनेता निश्चलले आफूले पाएको अवसरलाई पूर्ण रुपमा सदुपयोग गरेको बताए । अभिनेत्री शाहले फिल्ममा गरिएको मेहनत पर्दामा देखिदा खुसी व्यक्त गरिन् । सङ्गीतकार बस्नेतले गीतलाई फिल्मको कथाअनुसार तयार गरिएको बताए ।

निर्देशक घनश्याम लामिछानेले रम-कम विधा तयार गरिएको फिल्मको मेकिङ्गमा कुनै सम्झौता नगरिएको बताए । उनले भने,‘यस्तो मेकिङ्ग संवत अन्य नेपाली फिल्ममा देखिएको छैन, मैले त देखेको छैन । यो अहिलेको पुस्ताको प्रेम कथा हो ।’

लेखक प्रदीप भारद्वाज, अभिनेता कविर खड्का, सह निर्माता सनिश खकुरेल लगायत आयोजित कार्यक्रममा सहभागी थिए । फिल्ममा गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ। निश्चलसँगै ‘लन्डन टु पेरिस’बाट गरिमाले नेपाली सिनेमामा डेब्यू गर्दैछिन्।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

यसमा अंकित गौतम यसका कार्यकारी निर्माता हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई अल नेपाल वितरण गर्नेछन् । यसमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ । फिल्म जेठ २५ मा प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्