ओस्कार अवार्डको मनोनयन सार्वजनिक

एजेन्सी । विश्व प्रसिद्ध अवार्ड ओस्कार अर्थात् एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सेस अवार्डको पर्खाइ विश्वभरका फिल्मकर्मीलाई हुने गर्छ । यसको ९६ औं ओस्कार अवार्डको मनोनयन सार्वजनिक भएको छ । मंगलबार बेलुका २३ विधामा सार्वजनिक गरिएको मनोनयन सूचीमा ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन भएको छ । ‘पुअर थिंग्स’ ११, ‘किलर्स अफ द फ्लावर मुन’ १०, ‘बार्बी’ ८, ‘माएस्ट्रो’ ७ र ‘अमेरिकन फिक्सन’, एनाटोमी अफ अ फल, द होल्डओभर्स, द जोन अफ इन्ट्रेस्ट समान ५/५ विधामा मनोनयन भएका छन् । सर्वाधिक विधामा छनोट भएको ‘ओपेनहाइमर’बाट किलियन मर्फी, एमिली ब्लन्ट र रोबर्ट डाउने जुनियर अभिनयको विधामा र क्रिस्टोफर नोलन निर्देशनको विधामा मनोनित छन् । आगामी मार्च १० मा आयोजना हुने अवार्ड वितरण समारोहलाई जिमी किमेलले होस्ट गर्नेछन् । मनोनयन सूची : सर्वश्रेष्ठ फिल्म अमेरिकन फिक्सन एनाटोमी अफ अ फल बार्बी द होल्डओभर्स किलर्स अफ द फ्लावर मुन माएस्ट्रो ओपेनहाइमर पास्ट लाइभ्स पुअर थिंग्स द जोन अफ इन्ट्रेस्ट सर्वश्रेष्ठ निर्देशन एनाटोमी अफ अ फल- जस्टिन ट्रिएट किलर्स अफ द फ्लावर मुन- मार्टिन स्कोरसिज ओपेनहाइमर- क्रिस्टोफर नोलन पुअर थिंग्स- योर्गोस ल्यान्थिमोस द जोन अफ इन्ट्रेस्ट- जोनाथन ग्लेजर सर्वश्रेष्ठ अभिनेता ब्राड्ली कुपर– माएस्ट्रो कोलम्यान डोमिंगो– रस्टिन पल जियामट्टी– द होल्डओभर्स किलियन मर्फी– ओपेनहाइमर जेफ्री राइट –अमेरिकन फिक्सन सर्वश्रेष्ठ अभिनेत्री एनेट बेनिङ्ग– न्याद लिली ग्लाडस्टोन– किलर्स अफ द फ्लावर मुन सान्ड्रा हलर– एनाटोमी अफ अ फल केरी मुलिगन– माएस्ट्रो एम्मा स्टोन– पुअर थिंग्स सर्वश्रेष्ठ सहायक अभिनेता स्टर्लिङ के ब्राउन– अमेरिकन फिक्सन रोबर्ट डी निरो– किलर्स अफ द फ्लावर मुन रोबर्ट डाउने जुनियर– ओपेनहाइमर रायन गसलिङ– बार्बी मार्क रफेलो –पुअर थिंग्स सर्वश्रेष्ठ सहायक अभिनेत्री एमिली ब्लन्ट– ओपेनहाइमर डेनियल ब्रुक्स– द कलर पर्पल अमेरिका फेरेरा– बार्बी जोडी फोस्टर– न्याद द भाइन जोय रान्डोल्फ– द होल्डओभर्स सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर लो क्यापिटानो– इटाली पर्फेक्ट डेज– जापान सोसाइटी अफ द स्नो– स्पेन द टिचर्स लाउण्ज– जर्मनी द जोन अफ इन्ट्रेस्ट– बेलायत
कमेन्ट गर्नुहोस्