कृष्णको ‘रातो टिकी’ मा राजेश, दिलिप, केकी र निता (भिडियो)

सङ्गीत । गायक कृष्ण बिकको नयाँ गीत ‘रातो टिकी’ सार्वजनिक भएको छ। सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा कृष्णलाई मेलिना राई र रेखा जोशीले आवाजमा साथ दिएका छन् । जीबी आग्रीको निर्देशनमा तयार भएको गीतको भिडियोमा महानायक राजेश हमाल, दिलिप रायमाझी, केकी अधिकारी, निता ढुंगाना र घनश्याम जोशी फिचर रहेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक बनेको छ । संदेशमुलक गीतको भिडियोले एकल महिलाको चाहनाको पक्षलाई समेत उठान गरेको छ । गोपाल रायले खिचेको भिडियोलाई विपिन मल्लले सम्पादन गरेका छन् । मनोज श्रेष्ठको भीएफएक्स रहेको भिडियोको कलर करेक्सन रेनिश फागोले गरेका छन् ।

कमेन्ट गर्नुहोस्