प्रकाश र सुनिताले ल्याए ‘गरिबको दसैँ…’

संगीत । दसैँको छेकोमा गायक प्रकाश पुरीले नयाँ लोक दोहोरी गीत ‘गरिबको दसैँ…’ बजारमा ल्याएका छन् । यो गीतमा गायक प्रकाश पुरीलाई गायिका सुनिता दुलालले स्वरमा साथ दिएकी छिन् । प्रकाशले यो गीतको भिडियो शुभसाईत म्युजिक युट्युव च्यानलबाट रिलिज गरेका छन् ।

प्रकाश र सुनिताको स्वरमा यो गीत निकै कर्णप्रिय बनेको छ । गीतमा प्रकाशकै शब्द, रेशम थापाको थेगो तथा संगीत रहेको छ । गीतलाई आके मिलनले संगीत संयोजन, खड्ग बाजुरालीको मिक्सिङ र मास्टरिङ रहेको छ ।

यो गीतमा गरिवहरुको दशैं कस्तो हुन्छ भन्ने व्याथा व्यक्त गरिएको छ । दशैं पर्व गरिबहरुका लागि दशा बन्ने गरेकोले सो पीडालाई यो गीतमा उतारेको गायक प्रकाश पुरीले बताएका छन् । यो दशैं गीतको भिडियो निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । आर्थिक अभावका कारण दशैंमा एक दम्पत्तिले भोग्नु परेको पीडालाई निरेनले यो गीतको भिडियोमा दर्शाएका छन् ।

विष्णु खड्काले सम्पादन गरेको यो गीतको भिडियोमा राम केसीको छायाँकन, कविता खड्काको सृँगार रहेको छ । भिडियोलाई रोयल मुभिज प्रा.लि.ले उत्पादन गरेको हो । यो गीतको भिडियोमा जुना गुरुङ, राजन पुरी, रमेश श्रेष्ठ, राज गिरी, अनुषा गिरी, शर्मिला श्रेष्ठ बलामी र देवकी गिरीको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्