‘भारत’ टिजरमा सलमानको विभिन्न रुप (भिडियो)

फिल्म । बलिउडका भाइजान सलमान खान अभिनित फिल्म ‘भारत’ को टिजर सार्वजनिक भएको छ । अलि अब्बास जफर निर्देशित फिल्म यसै वर्षको इदमा दर्शकले हेर्न पाउनेछन् , जसमा सलमान विभिन्न गेटअपमा छन् । सार्वजनिक टिजरमा फिल्मको टाइटललाई प्रस्ट्याईएको छ भने सलमानले नै न्यारेट गरेका छन् । फिल्ममा उनले भारतलाई प्रस्ट्याएका छन् । सार्वजनिक टिजरमा सलमानको भिन्न भिन्न लुक्सलाई देखाइएको छ ।

‘भारत’ कोरियन फिल्म ‘ओड टू माई फादर’ मा आधारित रहेको बताइएको छ । टिजरमा दबंग खानलाई मात्र प्राथमिकता दिइएको छ । अरु कोही कलाकार अटेका छैनन् । ‘भारत’ मा वरुण धवनले केमियो रोल गरेका छन् । सलमान र निर्देशक जफरको भने यो तेस्रो सहकार्य हो । कट्रिना कैफ, सुनील ग्रोवर, दिशा पाटनीको पनि फिल्ममा लिड रोल छ । तर , कट्रिनाले टिजरमा एक फ्रेम मात्र पाएकी छिन् ।

कमेन्ट गर्नुहोस्