फिल्म । फिल्म ‘एक भगवत् गीता’को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ । आज चलचित्र विकास बोर्डमा भएको छलफलमा हिन्दू जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र एक गीता (सामाजिक कथा) नाममा चलचित्र प्रदर्शन गर्दा आपत्ति नरहेको जनाएको छ ।
यसअगाडीको नामले सनातन धर्ममाथि चोट पुर्याएको भन्दै प्रदर्शन रोक्न माग गरी जागरण नेपालले बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको थियो । सहमति जुटेसँगै जाँचपासको प्रक्रिया समेत अगाडी बढेको छ । दुई पक्ष बीचमा देखिएको विवादलाई मिलाउन बोर्डले अभिभावकीय भूमिका निर्वाह गरेको अध्यक्ष भुवन केसीले बताए ।
निर्माता सुनिलकुमार थापाले फिल्म परिवर्तित नामसँगै घोषित मिति २९ भदौदेखि प्रदर्शन हुने जानकारी दिए । झरना थापा निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।
कमेन्ट गर्नुहोस्