महाराजगञ्जमा खुल्यो जुम ब्युटी

सौन्दर्य । सौन्दर्य क्षेत्रमा सक्रिय संस्था जुम ब्यूटी एकेडेमीको नयाँ शाखा महाराजगञ्ज (चक्रपथ) मा शनिबार देखि सञ्चालनमा आएको हो । जुमकी ‘ब्रान्ड एम्बेस्टर’ समेत रहेकी अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा, गायिका अन्जु पन्त र नायक सलोन बस्नेतले संयुक्त रुपमा रिबन काटेर शाखाको उद्घाटन गरे । कार्यक्रममा एकेडेमीका संस्थापकद्वय सौन्दर्यविद जुनु चक्रधर र कृषप तनावासुले अतिथि कलाकारहरुलाई स्वागत गरेका थिए ।

कलाकारहरुले जुम ब्युटी एकेडेमीको आगामी दिनमा अझै उन्नती प्रगतीको शुभाकामना दिएका छन् । एकेडेमीकी संस्थापक चक्रधरले महिला सशक्तीकरणका लागि शाखाको ‘ग्राण्ड ओपनिङ’ गरिएको बताएकी छन् । उनले भनिन्,‘नेपालमा दिन प्रतिदिन बेरोजगारीको संख्या बढ्दो छ। अधिकांश महिलाहरू घर चलाउनका लागि विदेशिन बाध्य भएका छन्, सोही समस्यालाई मध्यनजर गर्दै जुमले महिला सशक्तिकरणका लागि विभिन्न कोर्शहरू भित्र्याएको छ ।’

ललितपुरको कुपनडोलमा प्रधान कार्यालय रहेको एकेडेमीका यसअघि कलंकी, स्वयम्भू, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरु सञ्चालित छन् । अब छिट्टै भक्त्तपुरको कौशलटारमा १२ औं शाखा सञ्चालनको तयारीमा छ ।

कमेन्ट गर्नुहोस्