संगीत । गीतकार हिराकाजी थापाको शब्दमा तयार’ हेर्दा हेर्दै अन्माएर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक गोपाल सोनामको स्वर रहेको सार्वजनिक गीतमा ओम सुनारको एरेन्ज तथा संगीत रहेको छ ।
प्रेम, रोमान्स र विरहले भरिएको सार्वजनिक गीतको भिडियोमा पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्धय विजय पुन मगर र सोनी ढुंगानाको अभिनय रहेको छ ।
बेलायतबाट भर्चुअल माध्यमबाट करिब दर्जन बढी भिडियो निर्देशन गरिसकेका निर्देशक थापा नेपालमा नै आएको समयमा निरन्तर भिडियो निर्देशनलाई निरन्तरता दिइरहेका यो गीतको भिडियो बजारमा आएको हो । यसमा देव दोर्जे लामाको छायांकन, साजन शाहको मिक्सिङ मास्टरिङ तथा नविन निरौलाको कलर तथा सम्पादन रहेको छ ।
कमेन्ट गर्नुहोस्












