नालापानी’को च्यारिटीमा सम्पन्न

फिल्म । गत बिहिबार काठमाडौँमा आयोजित नेपाली चलचित्र ‘नालापानी’को च्यारिटी प्रदर्शनीमा निर्माणाधिन चलचित्र ‘कोतपर्व’बारे जानकारी गराईएको छ । वि.सं. १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्दैछन् । यसअघि अधिकारीले ‘नालापानी’ निर्देशन गरेका थिए ।

यस चलचित्रका निर्देशक अधिकारीको कम्पनी ‘रिमेश अधिकारी फिल्मस’ र यस चलचित्रका एशोसियट निर्देशक श्रीदेव बिएलको कम्पनी ‘श्रीत फिल्म्स एण्ड इन्टरटेन्मेन्ट’को संयुक्त ब्यानरमा यो चलचित्र बन्ने जानकारी गराईएको छ । जसका कार्यकारी निर्माता शिवचन्द्र रहेका छन् भने आरसि शर्मा र सारदा खड्का अर्याल निर्माता र राजेन्द्र ढकाल (राजु) र राजाराम सुवाल सह निर्माता रहेका छन् । ‘कोतपर्व’लाई महेश दवाडीले लेखिरहेका छन् ।

‘कोतपर्व’बारे विस्तृत जानकारी तथा कलाकारहरु र सम्पूर्ण टिमसहित केहि समयपछि पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईने निर्देशक अधिकारीले बताए । उनले ‘नालापानी’ देखाएको मौका छोपी निर्माता टिम परिचय गराएको बताए ।

नेपालीको कला र संस्कृतिलाई विश्वमाझ पुर्‍याउने उद्देश्यका साथ सक्रिय ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ले आयोजना गरेको च्यारिटी कार्यक्रममा ‘वीर विभुती बलभद्र कुँवर प्रतिष्ठान’का अध्यक्ष प्रा.डा. धनबहादुर कुँवर, ‘महान योद्धा वीर बलभद्र स्मृति समाज’का अध्यक्ष रामराजा कुँवर (बलभद्र कुँवरका पाँचौ पुस्ता) र ‘कुँवर समाज’का अध्यक्ष डा. देशराज कुँवरलाई सम्मान प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्