लोकस्टार बने बलराम विश्वकर्मालाई

सङ्गीत। नेपाली गायन रियालिटी शो ‘ हिमालय लोकस्टार’ को दोस्रो सिजनको उपाधी बलराम विश्वकर्माले जितेका छन्। बुधबार राती राष्ट्रिय सभागृहमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्ती मगर र पीएन साइँला थिए। विजेता बनेसँगै लोकस्टार विश्वकर्माले पन्ध्र लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नुभएको छ।

विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालले ट्रफीसहित पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा पीएन साइँला फस्ट रनरअप अर्थात् उपविजेता घोषित हुनुभयो । उहाँले तीन लाख रुपैयाँ नगदसहित पुरस्कार गर्नुभयो। यस्तै सन्तोष क्षेत्री सेकेण्ड रनरअप अर्थात् तेस्रो घोषित हुँदै दुई लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नुभयो ।

भोटको आधारमा विजेता चयन भएको लोकस्टारमा मुख्य निर्णायकको रुपमा कुमार बस्नेत र निर्णायकको रुपमा राजु परियार, रामजी खाँड र कुलेन्द्र विश्वकर्मा रहनुभएको थियो ।-

कमेन्ट गर्नुहोस्