संगीत। लामो समयपछि चर्चित गायिका दीपा झा एकल गीति संग्रह मार्फत पुन :नेपाली गीतसङ्गीतमा आएकी छिन् । मुम्बईकोबाट केहि दिनको लागि नेपाल आएकी गायिका झाको एकल गीति संग्रह ‘झिलमिल सितारा´को लोकार्पण गरिएको हो । संगीतकार शम्भुजित बास्कोटा ,गीतकार एसपी कोइराला ,संगीतकार आलाेकश्री र गायिका दीपा झाले सयुक्त रुपमा गीति एल्बम सार्वजनिक गरे ।
संगीतकार आलाेक श्रीद्वारा संगीतबद्ध एल्बममा ८ वटा गीतहरु समाबेश गरिएको छ । एसपी कोइराला,मुकुन्दराज शर्मा ,आलाेकश्री ,तिर्थ श्रेष्ठ ,नारायण खतिवडा ,टेक तामाङ र अनिता प्रधानको शब्द रचना रहेको एल्बम ‘झिलमिल सितारा´मा दीपाले दुईवटा गीतमा श्रीमान उदितनारायण र एउटा गीतमा छोरा आदित्यनारायण संग युगल स्वर दिएकी छिन। कार्यक्रममा एल्बममा समाबेश गीत ‘ हे माया´को भिडियो समेत प्रदर्शन गरिएको थियो । आलाेकश्रीकै शब्द ,सगीत र निर्देशन समेत रहेको गीतको भिडियोमा सुरज गराज र अस्मिता पन्तको अभिनय रहेको छ।











