भिलेनको ‘च्यानाकुटी झ्याई झ्याई…’ सार्वजनिक (भिडियो)

फिल्म । निखिल उप्रेती अभिनित फिल्म ‘भिलेन’ को गीत सार्वजनिक भएको छ । पौष २७ मा रिलिज हुने फिल्मको पहिलो गीत ‘च्यानाकुटी झ्याई झ्याई…’ सार्वजनिक गरिएको हो । सर्वाजनिक गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको गीतमा स्वर भरेका छन् । एकनारायण भण्डारीको शब्द रहेको गीतमा लाल कुमार बरालले संगीत भरेका छन् । दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको गीतमा कोरियोग्राफी छ । गीतमा शिल्पा पोखरेल फिचर्ड छिन भने उनिसँगै निखिल उप्रेतीको पनि झलक देखाइएको छ । यसमा निखिल तराइ मुलका व्यक्तिको भूमिकामा देखिएका छन् । अभिनेता उप्रेती गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पिंजडा ब्याक अगेन’ पछि पुनः पर्दामा फर्किएका हुन् ।

द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । फिल्ममा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् । यसमा निखिल र शिल्पासँगै निशा अधिकारी र कपिल खत्री पनि प्रमुख भूमिकामा छन् । फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ ।

कमेन्ट गर्नुहोस्