फिल्म। ‘रकी भाई’ को उपनाम पाएका यश पुनः सोही अवतारमा प्रस्तुत हुने भएकाछन्। उनलाई सर्वाधिक रुचाईएको अवतारसँगै ‘केजीएफ : च्याप्टर ३’ मा यश देखिदैछन्। गत अप्रिल १४ मा फिल्म प्रदर्शन भएको एक वर्ष पुरा भएको अवसर पारेर निर्माण कम्पनि होमबाले फिल्मस्ले ‘केजीएफ : च्याप्टर ३’ बन्ने घोषणा गरेको छ। केजीएफ फ्रेन्चाइजी भारत मात्र नभएर नेपालमा समेत उत्तिकै रुचाइएको फिल्म हो ।
सम्भवतः यो फिल्मको सुटिङ छिटै हुनेछ। ‘यशले छिटै फिल्मको छायांकन गर्नेछन्। किनकि उनले आफ्नो लुक्स परिवर्तन गरेका छैनन्। अन्य फिल्म गर्ने तयारी भएता पनि अन्तत: केजीएफमै देखिने यशले निर्णय लिए’, यश निकटले भारतीय मिडियालाई जानकारी दिएका छन्। अर्थात् अन्य फिल्मको तयारी भएता पनि यशले भने झैँ भव्य नहुने भएपछि उनले ‘केजीएफ’ नै रोजेका छन्।
साथै, उनले लुक्स परिवर्तन नगर्नुको कारण ‘सलार’ पनि भनिएको छ। निर्देशक प्रशान्त नीलले आफ्नो छुट्टै ‘फिल्म युनिभर्स’ बनाईरहेका छन्। अर्थात् उनी केजीएफलाई सलारसँग जोडेर अगाडी बढाउने तयारीमा छन्। अर्थात् ‘सलार’ मा यशको केमियो हुनसक्ने छ। र, केजीएफको तेस्रो च्याप्टरको कथा ‘सलार’ बाट सुरू हुनेछ। अर्थात् निर्देशक प्रशान्त भारतका दुई ठुला स्टार प्रभाश र यशलाई एउटै फिल्ममा देखाउने तयारीमा छन्।
निर्माण कम्पनीको हालैको एक भिडियोको क्याप्सन छ, ‘सबैभन्दा शक्तिशाली व्यक्तिले राखेको सबैभन्दा शक्तिशाली प्रतिबद्धता भाइरल भइरहेको छ र सबै राम्रो कारणका लागि ।’ नयाँ अपडेटले केजीएफ ३ सुरु भएको संकेत मिल्छ । भिडियोमा लेखिएको छ, ‘केजीएफ २ ले हामीलाई चरित्रको बृहत र अविस्मरणीय यात्रामा पु¥यायो । विश्वव्यापी रेकर्ड तोड्न र मन जित्न यसले भूमिका खेल्यो । अब आगामी वर्ष उत्कृष्ट कथावाचनको वर्ष हुनेछ ।’
निर्देशक प्रशान्त नीलले पनि सन् २०२५ मा फिल्म प्रदर्शन हुने बताइसकेका छन् । तर यशले चाहिं केजीएफ २ पछि फिल्मलाई औपचारिक प्रतिक्रिया दिइसकेका छैनन् । उनी पछिल्लो समय आफ्ना व्यक्तिगत काममा बढी केन्द्रित छन् । केजीएफ २ प्रदर्शन भएको वर्षगाँठमा यो महिनादेखि यशको नयाँ फिल्मको निर्माण पनि सुरु हुँदैछ । निर्देशक नील चाहिं ‘सालार’मा व्यस्त छन्, जसमा प्रभास, श्रुति हसन र सुकुमारन शीर्ष भूमिकामा देखिनेछन् । सालार चाहिं यो वर्षको अन्त्यबाट छायांकन हुने जनाइएको छ ।










