‘नारी टिभी’ घोषणा

देश। डेढ दशकदेखि चलचित्रसम्बन्धी कार्यक्रम प्रसारण गर्दै आइरहेको टेलिभिजन टिभी फिल्मीको नाम परिवर्तन गरेर ‘नारी टिभी’ राखिएको छ। नारी दिवसको अवसरमा बुधबार सञ्चालक संस्था गोपीकृष्ण मुभिजकी अध्यक्ष निकिता पौडेलले प्रेस विज्ञाप्ति जारी गर्दै नाम परिवर्तन बारे जानकारी दिईन् ।

नाम परिवर्तन भएसँगै टेलिभिजनले नारीसम्बन्धी कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने अध्यक्ष पौडेले बताइन। ‘टिभी फिल्मी नेपाली सिनेमा, कलाकार, प्राविधिक र वितरकहरुको साझा मञ्च थियो । आज परिस्थिति बदलिएको छ’, अध्यक्ष पौडेलले भनिन्,’नारी टीभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दा नारीमै केन्द्रित रहने छ। कर्मचारी, प्राविधिक र प्रस्तोताको रुपमा सबै महिला नै प्राथमिकतामा रहनेछन्।’

महिलाका मुद्दा, सशक्तीकरण, साना तथा घरेलु महिला उद्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीलाई सवल बनाउने कथाहरु टेलिभिजनको कार्यक्रममार्फत प्रस्तुत गरिने उनले प्रष्ट पारिन्।

कमेन्ट गर्नुहोस्