अभिनयमा फर्किदै राजबल्लभ

फिल्म। सन् २००७ मा फिल्म ‘पर्खि बसेँ’बाट अभिनयको सुरूवात गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मार्फत अभिनयमा कमब्याक गर्ने भएकाछन्। पछिल्लो समय ‘हाईवे टू धम्पुस’मा देखिएका अभिनेता कोइराला झन्डै दश वर्ष पश्चात अभिनयमा पुनरागमन गर्दैछन्। आफू सुहाउँदो भूमिका पाएकोले उनले अभिनय गर्ने सहमति दिएका हुन्।

उनको छायांकन ब्राजिल र मेक्सिकोमा तय भएको छ। अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने बिषयमा माग र आवश्यकतामा आधार रहने बताए। अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटी पश्चात अभिनेता कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले बताए।

अभिनेता कोइरालाले अभिनय गर्नुभएको गुरु दक्षिणा,छोडी गए पाप लाग्ला,पहिलो पहिलो माया,किन लाग्छ माया,पल,मसान, अपवाद, सो सिम्पल, ६ एकान ६, हाईवे टू धम्पुस लगायतका चलचित्रको चर्चा हुने गर्छ। उहाँले सातवर्षमा सत्ताइस चलचित्रमा अभिनय गर्नुभएको थियो। स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखबाट छायांकनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले जानकारी दिनुभयो। यसमा महेश दवाडीको पटकथा र संवाद,सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ।

कमेन्ट गर्नुहोस्