फिल्म । बलिउडमा सफल सिरिज मध्यको एक हो , कृष । ऋतिक रोशनको करियरलाई अगाडी बढाउन मदत गरेको फिल्म ‘कोइ मिल गया’ को कथालाई अगाडी बढाउदै उनकै पिता तथा निर्देशक राकेश रोशनको निर्देशन रहेको फिल्म ‘कृष’ को अब चौथो सिरिजलाई दर्शकले हेर्न पाउने भएका छन् । पछिल्लो समय फिल्म ‘वार’ मार्फत चर्चा बटुलिरहेका ऋतिकले अब सुपरहिरो बन्ने फैसला गरेका हुन् ।
सन् २००३ मा आएको फिल्म ‘कोइ मिल गया’ पछी यसको क्यारेक्टरलाई नै लिएर राकेशले सन् २००६ मा ‘कृष’ ल्याएका थिए । फिल्मलाई बलिउड प्रेमी दर्शकले निकै रुचाए । यो बलिउडको हिट एक मात्र सुपर हिरो हो भन्दा फरक नपर्ला । यसपछि यसको दोस्रो सिरिज अर्थात् ‘कृष ३’ सन् २०१३ मा रिलिज भएको थियो । त्यसपछि दर्शकले ऋतिकलाइ ‘कृष’ अवतारमा देख्न पाएका छैनन् ।
फिल्म बन्ने चर्चा भएसंगै यसमा को-स्टार को बन्लिन त ? भन्ने चर्चा बि-टाउनमा बढ्दो छ । फिल्ममा यसपटक प्रियंकाको सट्टा दीपिका पादुकोण हुने सम्भावना बढ्दो छ । ऋतिकले दीपिकाको नाम सिफारिस गरेका छन् भने राकेश पनि पोजेटिभ छन् । यदि टिमको दीपिकासंग कुरा मिल्छ भने ‘कृष ४’ मा उनको इन्ट्री हुनेछ । संवत फिल्मको छायाँकन यसवर्षकै अन्त्यसम्म हुनेछ भने यसको रिलिज सन् २०२१ मा हुने बुझिएको छ । (एजेन्सी)












