‘चाहेको भूमिकामा छु’ : जीतु

फिल्म । जीतु नेपालको मुख्य अभिनय रहेको फिल्म ‘ह्यारी कि प्यारी’ माघ २० मा प्रदर्शन हुँदैछ। कमेडियनहरूको समुहबाट बनेको फिल्म ‘६ एकान ६’ मा पहिलोपटक ठुलो भूमिका पाएर ठुलोपर्दामा सफल भएका अभिनेता नेपाल यसपटक मुख्य र शिर्ष भूमिकामा छन्। ‘कथा पढ्दा नै मैले ह्यारीको भूमिका मेरो लागि हो जस्तो लागेको थिएन । झन् अभिनेत्री साम्राज्ञी हुने थाहाँ पाएपछि ख्यालठट्टा गरे जस्तो लाग्यो’, अभिनेता नेपालले भने,’मैले समुहमै काम गर्दा पनि गम्भीर किसिमको भूमिका गरेको थिएँ । मलाइ यस्तै भूमिकामा आफूलाई प्रस्तुत हुन् मन थियो ।’

अभिनेता नेपाल झैँ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्मको कास्टिङलाई लिएर अच्च्मित थिइन्। ‘कथा सुनेपछि अभिनेता नेपाल सुहाउनु भएकोले नै काम गरेकी हुँ । कथा र पात्र अनुसार हामी फिट छौं’, अभिनेत्री शाहले भनिन्,’अहिले फिल्ममा हिरो भन्दा पनि कन्टेन हेर्ने गरिन्छ । यसैले गर्दा हामीले रोमान्टिक कमेडी फिल्म तयार गरेका हौँ ।’

अभिनेता नेपाल सानो पर्दामार्फत घरघरमा पुगेको मुन्द्रे भन्दा विल्कुलै विपरित ठुलो पर्दाको ह्यारी रहेको बताए । ‘हरीलाई ह्यारी भनिएको मात्र हो । म कलाकारको अगाडी लाग्ने हास्य हटाउन चाहन्छु । किनकि कलाकारले कुनै एक विधा मात्र नभई सबै काम गर्न सक्नुपर्छ’, उनले भने। डाक्टर कपिल रिजालको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘ह्यारी कि प्यारी’ मा विपरित स्वभावका दुई जोडीले सम्बन्ध गाँसेपछि निम्तिने आरोहअवरोहलाई चित्रण गरिएको छ। फिल्म नेपालीसँगै हिन्दी, पञ्जाबी, मराठी लगायतका भाषामा समेत प्रदर्शन गर्ने तयारी भईरहेको कार्यकारी निर्मातासँगै पटकथाकार र छायांकन निर्देशन रहेका सुदीप बरालले बताए ।

‘नेपाल प्रदर्शनसँगै अन्य भाषाको बारेमा जानकारी गराउनेछौं । भारतसँग नेपाली संस्कृति मिल्ने भएकाले त्यहाँ बजार विस्तार गर्न सकिन्छ’, कार्यकारी निर्माता बरालले भने,’सम्बन्धित निकायले विदेश प्रदर्शनको लागि पहल गरे हामीले लगानी र मुनाफा दुवै बढाउन सक्छौँ । किनकि सेन्सर, स्वराङ्कन लगायतका विविध समस्याहरू छन् ।’

विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारको समेत अभिनय रहेको फिल्म ‘ह्यारी कि प्यारी’ मा निर्देशक रिजालकै कथा तथा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को पटकथा लेखन रहेको छ । रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत, अर्जुन जिसीको सम्पादन रहेको फिल्म डाक्टर भोला रिजालको व्यानर विआर फिल्मले निर्माण गरेको हो ।

कमेन्ट गर्नुहोस्