सर्यो ‘साईनो’

20 Shares

फिल्म । नेपाली फिल्म इतिहासकी प्रथम नायिका भनेर चिनिने भुवन चन्दद्वारा निर्मित फिल्म ‘साईनो’ को रिलिज डेट पोष्टपोण्ड गरिएको छ । अभिनेत्रीद्वय नीता ढुंगाना र मिरुना मगरको प्रमुख भूमिका रहेको फिल्म ‘साइनो’ आउँदो जेठ १० गतेबाट प्रदर्शनमा आउने कन्फर्म भएपनि नयाँ डेट अनुसार साउन २४ मा पुगेको छ ।

फिल्म प्राविधिक कारणले साउनमा रिलिज गर्न लागिएको बताइएको छ । डबिङ, कलरिङ र मिक्सिङ नसकिने भएकाले फिल्मको रिलिज सार्नु परेको निर्माण टिमले जनाएको छ । यसका निर्देशक रमेश थापा हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बनेको फिल्मको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू ‘निरवी’ ले फिल्मको कथा तयार पारेका हुन् ।

निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए । यसमा नीता र मिरुनासँगै राज कुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्म रामेश्वर कार्कीले खिचेका हुन् भने यसमा बनिश शाहको सम्पादन रहेको छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

Facebook Comments