हरिवंशले ल्याए ‘हाम्म हाम्म’

संगीत । हाँस्यकलाकार हरिवंश आचार्यले आफ्नै रचना तथा गायनमा गीत ल्याएका छन् । सार्वजनिक ‘हाम्म हाम्म’ बोल रहेको गीतमा संगीत राजनराज शिवाकोटीले दिएका छन् । एनिमेशन भिडियोमा देशमा व्याप्त भष्ट्राचारले परिरहेको असरलाई चित्रण गरिएको छ । गीतले विकास सुस्त र भ्रष्टाचार गतिशील भएको प्रति व्यंग्य गरेको छ ।

भिडियोको एनिमेशन निर्देशक अर्जुन पोखरेल रहेका छन् भने यसको कथा दिपक आचार्यले तयार पारेका हुन् । यसमा नारायण जिसीको छायांकन तथा विनोद ढकालको थ्रीडीसँगै सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्