हलिउड फिल्ममा नेपालकी अञ्जली

0 Shares

फिल्म । नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छन् । लामाले ६ भागमा निर्माण हुने हलिउड फिल्म ‘सेयरिङ ए राइड’ मा अभिनय गर्न लागेकी हुन् । लीना यादवले निर्देशन गर्ने फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसको पनि अभिनय रहनेछ । यो एक एन्थोलजी फिल्म हुनेछ, जसको शीर्षक ‘वुमेन्स स्टोरीज’ राखिएको छ ।

लर्वोलिनो इन्टरटेन्मेन्टको को-प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने फिल्ममा महिलाको जिन्दगीका अलग-अलग पक्ष देखाइनेछ । फिल्ममा कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ ।

हलिउड फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेकी अञ्जलीको जन्म पुरुषको रुपमा भएको थियो । तेस्रोलिंगी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उनी नेपालको पहिलो मोडल हुन् । सन् २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा उनी उत्कृष्ट २० सम्म पुगेकी थिइन् । ‘ल्याक्मे फेसन शो’ मा सहभागिता जनाएपछि विश्वभर नेपालको पहिलो ट्रान्सजेन्डर मोडलको रुपमा चर्चा बटुलेकी उनी नेपाली फिल्ममा समेत डेब्यू गर्ने तयारीमा थिइन् ।

कमेन्ट गर्नुहोस्