फिल्म । प्रि-प्रोडक्सनमा रहेको फिल्म ‘जेरी २’ को टाइटल फन्ट डिजाइन प्रतियोगिताको घोषणा गरिएको छ । फिल्मको फन्ट केही नयाँ र फरक डिजाइन गरेर निर्माण पक्षसम्म पुर्याए राम्रै पुरस्कार दिइने घोषणा गरिएको छ । ५० हजार राशीको प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो कल्पनामा आधारित भएर डिजाइन बनाउनु पर्नेछ । डिजाइनको छनोट जुरी समुहले गर्ने पोस्टरमा उल्लेख छ ।
[email protected] मा डिजाइन पठाउने समयसीमा डिसेम्बर २५ सम्मलाई तोकिएको छ । हेमराज विसीको निर्देशनमा बन्न लागेको ‘जेरी २’मा अभिनेता अनमोल केसी अनुबन्ध भइसकेका छन् । फिल्ममा पूर्णिका सिजापति पनि फाइनल भइसकेकी छन् भने अनमोलको अपोजिटमा अभिनेत्री आना शर्माले अभिनय गर्दैछिन् । सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुने फिल्मको वर्कशप चलिरहेको छ ।
कमेन्ट गर्नुहोस्











