रुचाइदै ‘धागो- सम्बन्धको’ (भिडियो)

संगीत।दसैँ र तिहारलाई लक्षित गर्दै ‘धागो- सम्बन्धको’ सार्वजनिक गरिएको छ। सार्वजनिक म्युजिक भिडियोमा दुवै चाडको महत्वलाई दर्साइएको छ । अघिल्लो साता सार्वजनिक गरिएको गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । हर्क साउदको शब्द रहेको गीतमा सुशान्त गौतमले संगीत दिएका छन् । एसडी योगी र सुबानी मोक्तानको स्वर रहेको गीतको भिडियोमा सृजना अधिकारी, हर्क साउद, सुक्रिया खत्री, निराजन कार्की, लिजा कार्की, कस्मित बराईली लगायतले अभिनय गरेका छन् । एउटै परिवारको दसैँदेखि तिहारसम्मको दिनचर्यालाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । सौरभ लामिछानेले छायांकन गरेको गीतमा सम्पादन र कलर करेक्सन कृष्ण भण्डारीको रहेको छ । गीतमा पटकथा र निर्देशन नविन चौहानले गरेका छन् ।
कमेन्ट गर्नुहोस्