रहेनन् कमेडियन राजु श्रीवास्तव

फिल्म । भारतीय कमेडियन राजू श्रीवास्तवको दिल्ली एम्समा उपचारको क्रममा निधन भएको छ । गत १० अगस्टमा जिममा एक्सरसाइज गर्ने क्रममा उनको स्वास्थ्य अचानक विग्रिएपछि अस्पताल भर्नु हुनुभएको कमेडियन राजुको उपचारकै क्रममा बुधवार विहान १० बजेर २० मिनेटमा निधन भएको हो । उहाँ ५८ वर्षीय हुनहुन्थ्यो । स्ट्याण्डअप कमेडी मार्फत चिनिनु भएका राजुको वास्तविक नाम सत्य प्रकाश श्रीवास्तव हो ।

२५ डिसेम्बर १९६३ मा कानपुरको नयापुरवामा जन्मिनु भएका राजुले १९९३ बाट कलाकारिता सुरु गर्नु भएको थियो । मुम्बईमा वर्षौं संघर्ष गरेर आफ्नो पहिचान स्थापित गर्न सफल हुनुभएको राजुले पहिलो कमाई वापत ५० रुपैयाँ पाउनुभएको थियो । ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’, ‘एक स्ट्यान्ड-अप कमेडी शो’ सहभागी भएपछि दर्शक माँझ परिचित बन्नु भएको राजुले फिल्ममा समेत अभिनय गर्नु भएको छ ।

फिल्म ‘तेजाब’बाट फिल्ममा अभिनय सुरु गरेपछि ‘मैंने प्यार किया’, ‘बाजीगर’, ‘आमदनी अठन्नी खर्चा रुपैयाँ’, ‘बिग ब्रदर’, ‘बम्बे टू गोवा’ लगायतमा उहाँको प्रस्तुतिलाई दर्शकले रुचाउनु भयो ।

कमेन्ट गर्नुहोस्