फिल्म । नेपाली फिल्मलाई गर्ने विभेद पुनः देखिएको छ । शुक्रबार प्रदर्शनमा आउने प्राय फिल्मको बुकिङ भनौ वा शो टाइम बुधवार नै खुल्ने गर्छ । प्रतिक्षित फिल्म छन् भने त सोमबार नै खुलाइने गरिन्छ । यद्दपि बुधवार यसपटक बुकिङ र शो टाइम खुलेको छैन । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘ब्रहाम्स्त्र’ को बुकिङ र शो टाइम नखुल्दा हल वितरकले नेपाली फिल्मको समेत शो समय सार्वजनिक गरेका छैनन् ।
सेन्सर भएर केहि शोहरु समेत गरिसकेको ऐना झ्यालको पुतली र गोर्खा बिनिथ द ब्रेभरीको शो समय अझैँ खुलाइएको छैन । बलिउड फिल्म ‘ब्रम्हास्त्र’ को सेन्सर नभई बुकिङ खोल्न नमिलेपछि नेपाली फिल्मको समेत शो समय सार्वजनिक नभएका हुन् । यो न्युज (बेलुकी ८ बजे) तयार पार्दासम्म चर्चित मल्टिप्लेक्सले नेपाली फिल्मको समेत शो समय र बुकिङ खुल्ला गरेका छैनन् ।
‘ब्रहाम्स्त्र’ को सेन्सर नभई बुकिङ नखोल्न कोद नदिने अडान चलचित्र विकास बोर्डले लिएपछि बुकिङ खुल्न नसकेको हो । यसको प्रस्त्यक्ष असर नेपाली फिल्मलाई परेको छ । नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा बिनिथ द ब्रेभरी’ को सेन्सर पास भईसकेको छ । यदि, हुँदा पनि यो फिल्मका लागि शो दिएर बुकिङ किन नखुलाइएको हो ? कुनै पनि मल्टिप्लेक्सले यो फिल्मका लागि शोज बाँडफाँड गरेका छैनन् । किन उनीहरु हिन्दी फिल्मको शो दिने समय कुरेर बसेका छन् ।



