सौन्दर्य । सुन्दरी छान्ने प्रतियोगिता ‘मिस युनिभर्स नेपाल–२०२२’को फाईनलमा रहेकी डा. आयुष्नोभा ढुँगानाले अवार्ड जितेकी छिन् । उत्कृष्ट ३९बाट विभिन्न राउन्ड हुँदै फाईलनमा पुगेकी डाक्टर अनुष्नोभाले फिल्म ‘डाक्टर खाते’ बाट स्कृप्ट सब टाईटल तर्फ क्रिटिक्स अवार्ड जितेकी छिन् । काठमाडौंमा सम्पन्न दोश्रो नेशन इन्टरटेन मेन्ट अवार्ड २०२२ मा उनले सबैभन्दा कम उमेरमा स्कृप्ट राईटिङ (सब टाईटल) लेखेर क्रिटिक्स अवार्ड हाँसिल गरेकी हुन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा आयुष्नोभाको अवार्ड उनी आमा तथा अभिनेत्री रोशनी केसीले ग्रहण गरिन् । मिस युनिभर्स नेपाल २०२२ को क्लोज क्याम्पमा भएका कारण आयुष्नोभाले अवार्ड ग्रहण गर्न सकिनन् ।
हाल प्रतिस्पर्धा गरिरहेका २० जना प्रतियोगी मध्य आयुष्नोभा मात्र डाक्टर हुन्। बँगलादेशबाट छाला रोग सम्बन्धि चिकित्सा अध्ययन गरेर नेपाल आएकी आयुष्नोभा सबैका लागि स्वास्थ्य अभियानका साथ मिस युनिभर्स नेपाल २०२२ मा छिन् । डाक्टरहरु पनि सौन्दर्य क्षेत्रमा कम छैनन भनेर प्रमाणित गर्दै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा मिस युनिसर्भ मार्फत चिनाउन आफुले यो प्रतियोगितामा भाग लिएको आयुष्नोभाको भनाई छ ।
मिस युनिभर्स नेपाल २०२२ को चयन भदौ ९ गते साँझ हुने भएको छ । यो प्रतियोगिताको कोरियोग्राफी वरिष्ट अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले गरिरहेका छन् । मिस युनभिर्स नेपालको विजेताले नेपालबाट ७१ औं मिस युनिभर्स २०२२ मा भाग लिने छिन् ।










