केशरीमा सौगात र मिरुनाको प्रेम (भिडियो)

फिल्म । प्रतिक्षित फिल्म मध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ ले प्रचारप्रसार सुरु गरेको छ । आउँदो वर्ष २०७९ को जेठ १३ मा रिलिज गरिने फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक केशरी बोलको गीतमा राम अविरल विष्टको शब्द रहेको छ भने संगीत र स्वर एसडी योगीले दिएका छन् । ‘केशरी’ मा सौगात मल्ल र मिरुना मगर फिचर्ड छन् । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४ : द फाइनल म्याच’ सौगात र मिरुनासँगै दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

बाँसुरी फिल्मस् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल निर्माणमा तयार फिल्म ‘कबड्डी ४’ पनि अघिल्ला सिरिज झैँ सफल हुने विश्वास फिल्मकर्मीसँगै दर्शकको पनि छ ।

कमेन्ट गर्नुहोस्