फिल्म। अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । ३१ वर्षीय ताम्राकार घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेको प्रहरी उपरीक्षक रिजालले बताए ।
म्राकारले ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समय चलचित्र ‘ह्यासट्याग माया’ को छायांकनमा उनी व्यस्त थिए ।
कमेन्ट गर्नुहोस्










