थपिए १४ सय ४६ संक्रमित

देश । केहि दिन यता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ । कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमिक्रोनले विश्वलाई त्रसित बनाइरहदा नेपाल पनि अछुतो छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४६ जनामा कोभिडसंक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ९ सय ६५ पीसीआर परीक्षणका क्रममा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टीजेन परीक्षणका क्रममा ८९ जनामा कोभिडसंक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ६ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ५५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ४ सय ८५ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ८ सय ५५ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्