राष्ट्रिय प्रशिक्षण भेला हुँदै

देश । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल साँंस्कृतिक सङ्घले देशभरको कलाकर्मी समेटेर राष्ट्रिय प्रशिक्षण भेला गर्ने जानकारी दिएको छ । जेठ १० र ११ गते काठमाडौंमा वृहत कलाकार भेला गरेर कार्यक्रम गरिने महामन्त्री शिवशंकर रिजालले जानकारी दिनुभयो । “कलाकार भेला गरेर गरिने कार्यक्रममार्फत आफ्नो संघको उदेश्य र दायित्वबारे छलफल हुनेछ । साथै, देशमा भईरहेको परिवर्तन र अवस्थामा हाम्रो भूमिका बारे पनि छलफल गर्नेछौँ”,रिजालले भन्नुभयो ।

उहाँको अनुसार कार्यक्रमको उद्घाटन पुर्वप्रधानमन्त्री तथा काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ । राजनीति र राजनीतिकर्मीहरूमा आएको विचलन लोकतान्त्रिक संस्कृतिको मर्म अनुकूल नरहेको स्पष्ट चित्र देखिन थालेका भन्दै सङ्घ कार्यक्रमको आवश्यकता महसुश गरेको जानकारी दिएको छ । धमिलिएको राजनीतिक परिदृश्य सङ्लो बनाउन लाग्नु पर्ने कुरामा दुईमत नभएको सङ्घका महामन्त्री रिजालले बताउनुभयो । उहाँले भेलामा सहभागी हुने कलाकर्मीमार्फत लिएको विचारलाई कार्यन्वयनका लागि अगाडी बढाउने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्