फिल्म । नेपाली फिल्म बाउन्सरमा अभिनय गरेका अभिनेता प्रशान्त गिरी नेपाल फर्किएसँगै समाजसेवामा सक्रिए भएका छन् । उनले केहीदिन पहिले काभ्रे पुगेर आफुले अध्यन गरेको विद्यालयलाई प्रिन्टिङ्ग लगायतका शैक्षिक सामाग्री प्रदान गर्नुका साथै विद्यालय रंङ्गरोगन र सरसफाइका लागि ६० हजार नगद सहयोग गरेका थिए ।
पेट्रोलिय पदार्थ र रेष्टुरेन्ट व्यावसायमा समेत सक्रिय भएका अभिनेता गिरी चाँडै फिल्म निर्माण तथा अभिनयमा फर्किने तयारीमा छन् । उनले बाउन्सर रिलिज लगत्तै निर्माण घोषणा गरेका फिल्म बजरंगीको काम अगाडी बढाउने तयारी गरिरहेका छन् । ‘घोषणा गरिएको फिल्म बजरंगीकै कामलाई अगाडी बढाउछुँ’ गिरी भन्छन् ,’अहिले स्क्रिप्टको काम भईरहेको छ । आउँदो वर्ष छायांकन थाल्ने गरि अन्य तयारी समेत भईरहेको छ ।’
कमेन्ट गर्नुहोस्










