फिल्म । बलिउडमा पछिल्लो समय सफलताको सिढी चढिरहेका अभिनेता रणवीर सिंह सानो पर्दामा आउने भएका छन् । बलिउडका सफल कलाकारहरु अमिताभ बच्चन , सलमान खान , शाहरुख खानले समेत सानो पर्दामा काम गरिसकेका छन् । यसै लिस्टमा थपिने भएका छन् , रणवीर । उनले कलर्स टेलिभिजन मार्फत प्रसारण हुने एक रियालिटी शो होस्ट गर्नेछन् ।
‘न्यु विग रियालिटी सिरिज’ मा दिइएको शोमा उनि होस्ट बन्दैछन् । आउँदो जुलाई २५ बाट प्रसारण हुने भनिएको शो १२ राउण्डको भिजुअल शो हुनेछ । यसमा सहभागीलाई तस्बिर देखाइनेछ र चिन्न लगाइने छ । जहाँ सहभागीले ३ लाइफलाइन पाउनेछन् । भारत बचाएगा , परिवारका प्यार र किस्मत पल्ट नाम दिइएको लाइफलाइन सहभागीले प्रयोग गर्न पाउनेछन् । यद्दपी यसको विजेताले पाउने पुरस्कारको बारेमा अझै खुलाइएको छैन । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











