समर लभको ‘हेरन बाँझो मनभरी’ सार्वजनिक (भिडियो)

फिल्म । चर्चित नोवेल ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ को जिङ्गल सार्वजानिक भएको छ । ‘हेरन बाँझो मनभरी’ बोलको गीतको जिङ्गलमा पुष्पन प्रधानको संगीत तथा सुमित विश्वकर्माको स्वर रहेको छ भने यसको सार्वजनिक सांगितिक सामग्रीमा आशिष र रेवतीका रोमाञ्चक पलहरु समावेश छन् । युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ माथि आधारित फिल्ममा आशिष पिया ‘अतित’ र रेवती क्षेत्री ‘साया’ को भूमिकामा छन् ।

अभिनेत्री नम्रता सापकोटाले सुस्मिताको भूमिका निभाएकी छन् । शिशिर भण्डारी, सुरजसिंह ठकुरी, मानसविक्रम थापालगायतका कलाकारको पनि यसमा अभिनय रहेकोछ । फिल्म भ्यालेनटाइन डेको छेको अर्थात् माघ २५ बाट प्रदर्शनमा आउँदैछ । सुविनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् । फिल्मको संवाद सुविन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् ।

मोफसलमा अतित र साया

रिलिज मिति दिन प्रतिदिन नजिकिँदा निर्माण टिम कलााकरको साथ लिएर प्रचार प्रसारलाई ब्यापक बनाउँदै छ । पश्चिम नेपालदेखि मोफसल यात्रा सुरु गरेको ‘समर लभ’ टिम पुर्बी नेपालसम्म पुगेको छ । टिमले यतिबेला मोफसलका स्थानिय दर्शकसँग सिधा साक्षात, मिडिया भेटघाट तथा युवापुस्ता लक्षित गर्दै कलेज क्याम्पियन तिब्र बनाईरहेको छ । पश्चिम नेपालको नेपालगञ्जबाट मोफसल यात्रा सुरु गरेर दाङको तुलसिपुर र घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म ‘समर लभ’ टिम पुग्यो । लिड कलाकार आशिष पिया र रेवती क्षेत्री सहितको टिम मंगलबार पोखरा केन्द्रित प्रचारको लागी पोखरा पुग्दैछ ।

कमेन्ट गर्नुहोस्