फिल्म । सफल फिल्म ‘हामी तीन भाइ’ पुनः बन्ने भएको छ । सफल फिल्मको नाम सापटी लिदै मधुसुदन भट्टराईले फिल्म निर्देशन गर्न लागेका हुन् । फिल्ममा सलोन बस्नेत , शिशिर राणा, बिकाश चापागाईं , सदिक्षा पाण्डे र नरेन्द्र केसी लगायतको अभिनय रहनेछ । अन्य कलाकारहरु भने चयन गर्न बाँकी रहेको निर्देशक भट्टराले बताए ।
प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुने फिल्मलाई साजित महतले निर्माण गर्ने भएका छन । यसमा द्वन्दमा हिमाल केसी , छायांकनमा नरेन्द्र कुमार सिंह , संगीतमा श्याम कृष्ण मानन्धर , लेखनमा मनिष गौतम र रिवाज दाहाल , स्वरमा रुपक डोटेल र नितु पौडेल रहेका छन् । फिल्ममा कार्यकारी निर्मातामा बिक्रम तामाङ्ग रहेको छन् ।
झन्डै डेढ दशक अगाडी निर्माण भएको फिल्म ‘हामी तीन भाइ’ लाई शिव रेग्मीले निर्देशन गरेका थिए । राजेश हमाल , निखिल उप्रेती र श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्मलाई दर्शकले रुचाएका थिए ।