मल्टिप्लेक्समा खुल्यो ‘दाल भात तरकारी’ को बुकिङ

132 Shares

फिल्म । वर्षकै प्रतिक्षित फिल्म मध्यको एक ‘दाल भात तरकारी’ को टिकट बुकिङ खुलेको छ । राजधानी स्थित देशभरका मल्टिप्लेक्सले फिल्मलाई उच्च शो दिदै बुकिङ खुल्ला गरेको छ । मह सञ्चारको ब्यनारमा निर्मित अघिल्लो फिल्म ‘शत्रु गते’ ले गरेको ब्यापारको आधारमा यस फिल्मलाई मल्टिप्लेक्सले प्राथमिकतामा राखेको छ । किरण केसीको प्रस्तुति रहेको फिल्मलाई उनकै पुत्र सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , निरुता सिंह , बर्षा राउत , आँचल शर्मा , पुष्प खड्का , शिवहरी पौडेल, बसुन्धरा भुसाल , रविन तामाङ , किरण केसी , राजाराम पौडेल लगायतको अभिनय रहेको छ । फिल्मलाई राजधानीमा क्युएफएक्स च्यानल अन्तर्गत २४ शो प्राप्त भएको छ ।

यसैगरी क्युएफएक्सकै नेपालगंजमा रहेको बागेश्वरी सिनेमामा यसलाई ५ शो दिइएको छ भने क्युएफएक्सकै पोखरामा रहेको सिनेप्लेक्समा ५ र नारायणघाटमा रहेको जालमामा ५ दिएको छ । यसैगरी विर्तामोडमा रहेको वानस्टप सिनेमाले पनि ५ शो दिएको छ । राजधानीमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ शो , दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ४ शो , गोंगबुमा रहेको बिएसआर मुभिजमा ६ शो , सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ५ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ७ शो रहेको छ । फिल्मको ब्रान्डिङकै कारण यसरि राजधानीमा शो प्राप्त भएको छ ।

यसैगरी मोफसलतर्फ पोखरामा रहेको मिडटाउन सिनेमामा ६ शो , हेटौडामा रहेको एनएस सिनेमामा ६ शो प्राप्त भएको बुकिङ्ग खुलिसकेको छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद पनि उनकै रहेको छ । यसमा यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ ।

Facebook Comments