यसकारण फ्लोरमा जानेछैन् ‘चिसो वर्ष’

फिल्म । मिन बहादुर भामको निर्देशनमा तयार हुने भनिएको फिल्म ‘चिसो वर्ष’ छिटै फ्लोरमा नजाने भएको छ । यो फिल्म वैशाखदेखि फ्लोरमा जाने तयारीमा थियो । लेखक तथा निर्देशक भामले कोरोना भाइरस महामारीको कारण विदेशी क्रु आउन नसकेपछि सुटिङ थाँती राखिएको बताए । उनले फिल्मको छायांकन सन् २०२२ मा हुने संकेत गरे । मीनले ५ वर्षअघि यो फिल्म बनाउने घोषणा गरेका थिए । तर पर्याप्त बजेट नहुँदा फिल्मको सुटिङ सुरु हुन सकेको थिएन । यो बीचमा फिल्मले कान्स, लोकार्नो, एसियन सिनेमा फन्ड, टोरिनो, पुन्टो ल्याब आदिबाट ३ करोडभन्दा बढीको फन्ड जितेको थियो । ‘

चिसो वर्ष’को कथा आफ्ना हराएका श्रीमान खोज्न लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालय लामो यात्रामा केन्द्रित छ। यात्राकै क्रममा दुवैको जीवनमा आउने परिवर्तन फिल्मको मुख्य सार रहमे बताइएको छ । यही सुक्ष्म र संवेदनशील विषय बस्तुलाई मियो बनाएर पितृसत्तात्मक समाजमा महिलाको अधिकार एवं मान्यताको दैनिक संघर्ष कथामा समेटिएका छन् । यसमा मुख्य पात्रको यात्राको माध्यमबाट नेपालको जीवन जिउने कला र समृद्ध संस्कृतिक विशेषता दुवै चित्रित गरिएको छ । मीन भामले निर्देशन गरेको चलचित्र ‘कालो पोथी’ले यसअघि थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

कमेन्ट गर्नुहोस्