राजश्रीको फिल्ममा सलमान छैनन् ?

फिल्म । बलिउडमा अभिनेता सलमान खानलाई स्थापित गर्ने श्रेय जान्छ , राजश्री प्रोडक्सनलाई । सुरज बड्जात्याको डेब्यु फिल्म ‘मैने प्यार किया’ मार्फत नै सलमानले बलिउडमा हिरोको रुपमा टेकेको पाइला स्थिर भयो । यो फिल्मको सफलतासंगै राजश्री स्थापित मात्र भएन , सलमान पनि स्थापित भए । त्यसयता सलमान र सुरजले धेरै फिल्ममा सँगै काम गरेका छन् । जसलाई दर्शकले पनि रुचाए ।

पछिल्लो पटक ‘प्रेम रतन धन पायो’ मा सँगै काम गरेका सुरजले नयाँ फिल्म पनि फ्याम्ली ड्रामानै बनाउने भएका छन् । तर , यसपटक सलमानको नाम अगाडी आएको छैन । फिल्ममा अमिताभ बच्चन र बोमन इरानी रहने चर्चा बि-टाउनमा छ । उनले बनाउने फिल्म परिवार , प्रेम र समाजको वरपर घुम्ने गर्छ । फिल्ममा सलमान हुनेछन या हुने छैनन् यो भने आउँदो समयले नै बताउने छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्