मलाइकाले लगाइन अर्जुनको नामको लकेट

बलिउड । पछिल्लो समय बि-टाउनमा एक्टर अर्जुन कपूर र एक्ट्रेस मलाइका अरोडाको प्रेमको चर्चा राम्रो नै हुने गरेको छ । यी दुईले आफ्नो प्रेमको बारेमा बोलेका त छैनन् तर ब्यबहारले भने प्रस्ट्याईसकेका छन् । यी दुई पछिल्लो समय क्वालिटी टाइम पनि प्रसस्तै शेयर गरिरहेका छन् । अर्जुनले मलाइकासँग विवाह गर्ने खबर समेत केहि भारतीय मिडियामा आएको थियो तर यो जोडी यो वर्ष भने एक नहुने कन्फर्म भईसकेको छ ।

यी दुईको प्रेम कहानी जति गसिप बन्दैछ , त्यसलाई यिनीहरुले नै फैल्याउदैछन् । केहि समय अगाडी मात्र मलाइकाले इन्स्टाग्राममा स्टोरी शेयर गरेकी छिन । जसमा उनले एएम (AM) लेखेको लकेट लगाएकी छिन । उनले यो तस्वीरलाई स्टोरी मार्फत सार्वजानिक गरे लगतै बि-टाउनमा चर्चा सुरु भईसकेको छ । उनले ए अर्थात् अर्जुन र एम अर्थात मलाइका लेखेकी हुन् । यी दुईले आउदो वर्ष विवाह गर्ने चर्चा बि-टाउनमा छ । (एजेन्सी )

कमेन्ट गर्नुहोस्