नारी दिवसमा ‘जुलेबी’ को फस्टलुक

फिल्म। नारी दिवसको अवसर पारेर फिल्म ‘जुबेली’को पहिलो लुक सार्वजनिक गरिएको छ । गणेश देव पाण्डेले निर्देशनमा तयार फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेको फिल्ममा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको समेत अभिनय रहेको छ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्म चार नारी पात्रको कथामा आधारित छ । एथोलजी विधामा रहेको फिल्म नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको छ । यसलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन् । निर्देशक पाण्डेले यसअगाडी मन्जरी, गाजा बाँजा जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्