गोपिकृष्ण हलमा सपिङ कम्प्लेक्स बन्ने

फिल्म । नेपाली दर्शकको राम्रो भिडभाड हुने हल गोपीकृष्ण मुभिज भत्काउन सुरु गरिएको छ । काठमाण्डौको चाबहिलमा रहेको गोपिकृष्ण हल गत बुधवारबात भत्काउन सुरु गरिएको छ । ७ वटा पर्दा रहेको गोपीकृष्णमा गोपि, कृष्ण, राधा र मिरा हल भत्काइनेछ । हल संचालकले सपिङ मल बनाउने योजना अनुसार, हल भत्काउन लागेको जनाएका छन् ।

निर्माणाधीन सपिङ कम्प्लेक्समा २ तला पार्किङ, ४–५ तला सपिङ सेन्टर, लज, रेष्टुरेन्ट, स्विमिङ पूल बन्ने र छतमा गोपि र कृष्ण नाममा २ वटा हल संचालन हुने हलका म्यानेजर प्रदीप दाहालले बताए । उनका अनुसार भवन निर्माण सकिएर सुरु हुन् ३ वर्ष लाग्ने छ । यस्तै , सरकारले हल संचालन गर्न अनुमति दिएसँगै अब ओम , नम र शिवायमा दर्शकले फिल्म हेर्न सक्नेछन् ।

ओम हलमा थ्रिडी पर्दा राख्ने तयारी भइरहेको समेत दाहालले बताए । ओम , नम र शिवायमा कुल ६ सय दर्शकले फिल्म हेर्ने छन् । फिल्मको भीडभाड देखाउन होस् या कलाकार तथा निर्माता–निर्देशकले दर्शकसँग सिधै साक्षात्कार गर्नका लागि सबैभन्दा उत्तम गोपीकृष्ण हलको भिडभाड कलाकारसँगै दर्शकले पनि मिस गर्नेछन् ।

कमेन्ट गर्नुहोस्