फिल्म । भारतीय अभिनेता सोनु सुद आफ्नो समाजिक कार्यका कारण एसियन सेलिब्रेटीको लिस्टमा पहिलो स्थानमा पर्न सफल भएका छन् । उनले कोरोना भाइरसका कारण सिर्जित अवस्थामा भएको लकडाउनमा जनतालाई सहयोग गरेका थिए ।
अलपत्र मानिसहरुलाई सहयोग गरेर घरसम्म पुर्याएकै कारण उनको चर्चा भारतमा मात्र नभई एसियामै बढेको थियो । बेलायतको इस्टर्न आइ नामक म्यागजिनले एसियाको ५० सेलिब्रेटीको नाम सार्वजनिक गरेको छ । जो सन् २०२० मा चर्चामा रहे , जसमा सोनु नम्बर १ मा रहेका छन् । टप टेन लिस्टमा ५ मा गायक अरमान मल्लिक , ६ मा प्रियंका चोपडा र ७ मा प्रभास रहेका छन् ।
सोनुले आफ्नो सामाजिक कार्यकै कारण आफु भन्दा बढी पपुलर कलाकारहरुलाई पछाडी पार्न सफल भएका छन् । सोनुले आफ्नो कामको मुल्यांकन भएकोमा खुसि हुदै धन्यवाद दिएका छन् । (एजेन्सी)
Top 10 of 50 Asian Celebrities In The World list for 2020
— Asjad Nazir (@asjadnazir) December 9, 2020
1. #SonuSood
2. #LillySingh
3. #CharliXCX
4. #DevPatel
5. #ArmaanMalik
6. #PriyankaChopra
7. #Prabhas
8. #MindyKaling
9. #SurbhiChandna
10. #KumailNanjiani
NEWS LINK: https://t.co/b6gxmgN43P#AsjadNazirTop50AsianStars2020 pic.twitter.com/xsa2gN2Ztf